काठमाडौं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले सरकार किसानलाई मल उपलब्ध गराउन भन्दा कसरी कमिशन र भ्रष्टाचार गर्न पाइन्छ भनेर मुख ताकेर बसेको बताएका छन् । संसदमा नेकपा एमालेले पेश गरेको किसानलाई रासायनिक मल उपलब्ध गराउनेसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै सांसद रावलले किसानको समस्यामा बेखबर बस्ने मन्त्रीहरुप्रति कृषकको तर्फबाट खेद प्रकट गर्ने बताएका हुन् ।
मानो रोपेर मुरी उब्जाउने बेला किसान मल नपाएर छटपटाइ रहेको तर कृषिमन्त्री महेन्द्रराय यादव किसानको समस्यामा कानमा तेल हालेर बसेको र विदेश भ्रमणमा गएको रावलको आरोप छ । रावलले भने, ‘जनताहरु अहिले सरकार खोजिरहेका छन् । कृषि मन्त्रीज्यू जनताको समस्यामा बेखबर हुनुहुन्छ, उहाँ विदेश सयरमा हुनुहुन्छ,’ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्