भूमिमन्त्री श्रेष्ठ भन्छन् : ‘लिपुलेक नेपालको भोग चलनमा ल्याउने पहल भइरहेको छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा ल्याउने पहल भैरहेको बताएकी छन् । मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यी भूमीहरु नेपालको हो भन्नेमा आशंका नर्गन सांसदहरुलाई मन्त्री श्रेष्ठ गरेकी हुन् ।

सांसदहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा कहिले आउँछ रु भनी प्रश्न गरेका थिए । जवाफमा उनले भनेकी छन्, ‘ती भाग निसन्देश नेपाली भूमि हो भन्ने विषयमा नेपाल सरकार दृढ र विश्वस्त छ । ती स्थानहरु नेपालको भोगचलनमा ल्याउन नेपाल सरकारको सक्षम निकायले बार्ता र कुटनीतिक माध्यमबाट आवश्यक पहल गरिरहेकै छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्