काठमाडौं । एमाले सांसद गंगा चौधरीले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई आफ्नी छोरी विदेशमा किन पढ्न पठाएको भन्दै प्रश्न गरेकी छिन् । मंगलबार मन्त्री पौडेले संसदमा प्रस्तुत आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा सांसद चौधरीले सो प्रश्न उठाएकी हुन् ।
उनले नेपाली विद्यार्थी नेपालको शिक्षा प्रणाली प्रति विश्वस्त नभएर विदेशिने गरेको बताउँदै मन्त्रीलाई पनि नेपालको शिक्षा प्रणालीमा विश्वास नभएर छोरीलाई विदेशमा पढ्न पठाएको हो भन्दै प्रश्न गरिन् । उनले नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धी हकको उपधारा ५ अनुसार नेपालको भूभागमा बस्नेले मातृभाषामा पढ्न पाउने अधिकार रहेको र त्यसको व्यवस्था कहिले गर्नुहुन्छ भन्दै प्रश्न गरिन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्