‘योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्छ’ : मन्त्री गहतराज

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्रीले योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

पछिल्लो समय विश्वभर योग संस्कृतीले ब्यापकता पाईरहेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतीसँग जोड्नुपर्ने बताए । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफ लिभिङले वल्र्ड ट्रेड सेन्टरमा आयोजना गरेको विशेष कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री अथक योगाभ्यासमा समेत सहभागी भएका थिए ।

हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्