बीमा समितिद्धारा लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ कम्पनीलाई कारवाही, १० हजार ५ सय सम्मको जरिवाना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीलाई कारवाही गरेको छ । बीमा समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी प्रतिवेदन समितिमा नबुझाउने कम्पनीहरुलाई कारवाही गरेको हो ।

समितिले बीमा कम्पनीलाई १० हजारदेखि १० हजार ५ सय रुपैयाँको दरले जरिवाना गरेर कारवाही गरेको हो । समितिले नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थानलगायत १२ बीमा कम्पनीलाई साढे १० हजार र नेपाल पुर्नर्बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एशियन लाइफ इन्स्योरेन्सललगायतका १० कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

नियामक निकाय बीमा समितिले यसअघि पनि बीमा समितिको नियमित विपरित काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई कारवाही गरेको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरूलाई कानुनी दायरामा नबसे आगामी दिनमा थप कारवाही गर्ने सन्देश आज एकै पटक २२ वटा बीमा कम्पनीहरूलाई कारवाही गरेर दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्