काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला रामेछाप, लिखु तामाकोशी गापा वडा नं ५ घर भई हाल जिल्ला काठमाडौं वडा नं.३२, कोटेश्वर बस्ने अरुण खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले पक्राउ गरेको हो ।
पर्याप्त मौज्दात रकम नभएको प्रभु बैंक लिमिटेड, कोटेश्वर शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी जानी-जानी झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको भनि खड्का माथी जाहेरी परेको थियो । उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद सजाय र १० लाख १२ हजार जरिवाना ठहर भएको थियो । खड्कालाई तीनकुने, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्