याङवरक गाउँपालिकाले कृषकलाई १७ थान हाते ट्रयाक्टर वितरण गरेको छ । कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाभित्रका कृषक समूह तथा सहकारीलाई हाते ट्रयाक्टर वितरण गरिएको हो । बिहीबार गाउँपालिकाको केन्द्र थर्पूमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भीमबहादुर सुवास योङयाले कृषक समूह तथा सहकारीका प्रतिनिधिलाई हाते ट्र्याक्टर हस्तान्तरण गरेका हुन् ।
कृषक समूह तथा सहकारीसँग गाउँपालिकाको ७० प्रतिशत लागत साझेदारी रकमबाट हाते ट्रयाक्टर वितरण गरिएको हो । रु १२ लाख ५८ हजारको लागतमा १७ थान ट्रयाक्टर खरिद गरी वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । कृषि यान्त्रिकीकरणलाई सम्वद्र्धन गर्दै कृषिउपज उत्पादन बढाउन तथा कृषि कर्मलाई सहज बनाउन हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष योङयाले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्