महानगरको कल सेन्टरमा २० दिनमा ४ भन्दा धैरको गुनासो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा हजारौँको संख्यामा गुनासो आएका छन् । जेठ २४ गतेबाट सुरु भएको कल सेन्टरमा ४ हजार ५ सय ३९ गुनासाहरु आएको महानगरपालिकाले जनाएको छ ।महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर गुनासो व्यवस्थापन तथा सोधपुछका सम्पर्क अधिकारीलाई गुनासो सुनुवाईको प्रगति ट्रयाकिङ र अद्यावधिक सम्बन्धी तालिम दिएको छ ।

विभाग र वडाबाट तोकिएका अधिकारीहरुलाई सभा गृहस्थित कम्प्युटर ल्यावमा ग्रिभान्सेस रिअड्रेसिङ मेकानिज्यम सफ्टवेयरमा आधारित तालिम दिएको हो । गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका पनि सिकाइएको महानगरपालिकाले जनाएको छ ।

तालिमका सहजकर्ता एवम् परामर्शदाता नवराज गुरुङकाअनुसार अधिकारीहरुसँग गुनासो वा सुझावकर्ताले कुरा गर्न पाएको बेला लाइभ सर्भरबाट र कुरा गर्न नपाएको बेला आवाज रेकर्ड गरेर कम्युनिकेसन सर्भरबाट गुनासो रेकर्ड गरिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्