कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् । झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
“खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ” उनले भने, “गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरेपनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन ।” खोजी कार्य आज पनि जारी रहेको प्रहरी निरीक्षक सिंहले बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्