काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिको बैठक बोलाएका छन् । सापकोटाले दिउँसो साढे १ बजे नयाँ बानेश्वरमा बैठकका लागि समितिका सदस्यहरुलाई बैठकमा बोलाएका हुन् । प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले जानकारी दिएका छन् ।
२ दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो । शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर परिवर्तन गरेको आरोप लागेको छ । सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजीकरणका लागि बैठक बोलाएका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्