काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ । जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरेका उनलाई शुक्रबार बिहान गोली हानिएको हो । सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उनलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको छ । उनिअहिले बेहोस अवस्थामा रहेको पनि यहाँका मिडियाले जनाएका छन् । नाराको स्थानीय प्रहरीले उनलाई नजिकैको एक अस्पतालमा कोमामा राखिएको छ । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको यहाँका मिडियाले जनाएका छन् ।
प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्