काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । यही जुलाई १० तारिखमा आज बिहान हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो ।
६७ वर्षका आबेमाथि गोली प्रहार भएपछि उनी भुइँमा लडेका थिए । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि नारा युनिभर्सिटीको अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्