कर्णालीका अर्थमन्त्री विष्टको काठमाडौंमा उपचार गरिँदै

Ad
  • कालोपाटी सम्बाददाता

कर्णाली । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मन्त्री विष्टको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

यही असार २५ गतेदेखि मन्त्री विष्टको स्वास्थ्यमा खराबी आएपछि कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार गरिएको उनका प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिएका छन् । मन्त्री विष्टको मेडिसिटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले बताएका हुन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्