काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन सुरु भएको छ । शुक्रबारबाट मकवानपुरको हेटौंडामा महाधिवेशन सुरु भएको हो । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका छन् ।
करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
आजको उदघाटन समारोहपछि सुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुने वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्