काठमाडौं । राप्रपाका केन्द्रीय सदस्यहरुले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना गरेका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो दिन बोल्ने केन्द्रीय सदस्यहरुले नेतृत्वको बारेमा खुलेर आलोचना गरेको हुन् ।
उनीहरुले जायज विषयमा नेतृत्वको आलोचना गर्दासमेत अध्यक्षले विधान मिचेर निरंकुश कार्य गर्दै कतिपय कार्यकर्तालाई धम्क्याउने तथा कालोसूचीमा राख्ने गरेको केन्द्रीय सदस्यहरुको अरोप छ । अध्यक्षले विधान मिचेर केन्द्रीय सचिवालय गठन गरेको, हालसम्म पनि संसदीय समिति र निर्देशन समिति गठन नगरेको, विधान विपरीत केन्द्रीय सदस्यहरु मनोनयन गरेको उनीहरुको आरोप छ । यस्तै आठ महिनासम्म महाधिवेशनले पास गरेको कार्यपत्रहरु कार्यकर्तालाई उपलव्ध नगराइएको, सक्रिय सदस्यसम्म नभएको व्यक्तिलाई जथाभावी मनोनयन गरिएको पनि उनीहरुको आरोप छ ।
पार्टीमा एक व्यक्ति एक पदको सिद्धान्त भएपनि सोको कार्यान्वयनमा नेतृत्व उदासिन हुनुका साथै आफू निकटलाई बहु पद दिइएकोप्रति समेत उनीहरुको कटाक्ष थियो ।