दाङ । दाङमा तीन वर्षीया बालिकालाई बलात्कार गरी हत्या प्रयास भएको छ । बबई गाउँपालिका ५ की ३ वर्षीया बालिकालाई सोहि ठाउँका १४ वर्षीय किशोरले बलात्कारपश्चात भीरबाट खसालेर हत्याको प्रयास गरेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार बालिकाको सुनको मुन्द्रा लुटेर भीरबाट करिब ५० मिटर तल खसालिएको थियो ।
उनका अनुसार बालिकाका परिवारले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजेदेखि नै ती बालिका किशोरको साथमा थिइन् । प्रहरी घटनास्थल पुग्दा बालिका पानी प्यासले रोइरहेको अवस्थामा भेटेको अर्यालले बताए ।
बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले हिरासतमा लिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्