गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीसमेन थापाको जन्मजयन्तीको अवसरमा आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएकोे छ । राष्ट्रिय विभूति थापाको २४७औँं जन्मजयन्तीको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको त्यहाँका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
“यो गाउँपालिका थापाको जन्मथलो भएकाले उनको सम्झना र सम्मानमा आज जन्मजयन्तीको अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो,” उनले भने । सार्वजनिक बिदाको दिन पालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सङ्घसंस्था बन्द हुने गाउँपालिकाले जनाएको छ ।
जन्मजयन्तीका अवसरमा आजै गाउँपालिकाको वडा नं ८ स्थित थापाको जन्मथलो बोर्लाङको पिपलथोकस्थित हवेली दरबार परिसरमा निर्माण गरिएको थापाको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रमसमेत रहेको छ । “असार २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो,” अध्यक्ष बन्जराले भने । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्