‘सुशासन र दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ पत्रकारिताको आवश्यक पर्छ’ : मन्त्री कार्की

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासन र दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ पत्रकारिताको आवश्यक रहेको बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएका हुन् ।

सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यवसायिक पत्रकारिता आजको आवश्यकता रहेको बताएका छन् । मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता अभिव्यक्ति र स्वतन्त्रतालाई संरक्षण र सर्वद्धन गर्न प्रतिवद्ध रहेको बताए । मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका हुन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्