काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् । बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने सम्भावना रहेको बताएका छन् । उनले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयकहरु पारित भएपछि चुनावको मिति घोषणा हुन्छ । मलाई लाग्छ मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा हुनसक्छ ।’
उनले प्राविधिक विषय मिलाउन खोज्दा चुनाव घोषणा हुन ढिला भएको समेत बताएका छन् ।