काठमाडौं । पदमश्री पुरस्कारका लागि ५ वटा पुस्तक छनोट भएका छन् । खुल्ला स्वतन्त्र निर्णायक समितिले ५ वटा पुस्तक पुरस्कारका लागि सिफारिस गरेको हो । सिफारिस भएका पुस्तकहरुमा डा।नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरुको सङ्ग्राहलय रहेका छन् ।
समितिले सुरुमा २०७८ सालभित्र प्रकाशित भएका १५ वटा पुस्तक छनोट गरेको थियो । छनोट भएका १५ वटा पुस्तकको नाम प्रतिष्ठानले असार १५ गते सार्वजनिक गरेको थियो । उक्त विस्तारित सूचीमा परेका पुस्तकहरुमध्येबाट कृति समितिले थप अध्ययन र मूल्याङ्कन गरी ५ वटा पुस्तक छनोट गरेर प्रतिष्ठानलाई उपलब्ध गराएको र अन्तिम चरणमा यिनै ५ वटा कृतिहरुमध्येबाट पुरस्कृत पुस्तक कृति चयन गरिने संस्थाका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्