काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार (आज) जापान जानेभएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन् । प्रचण्डका सचिवालयका अनुसार शुक्रबार राती १०स्३० मा प्रचण्ड जापान उड्ने भएका हुन् ।
प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको छन् । जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन । प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए । भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट समेत गरेका थिए । उनी साउन २५ मा स्वदेश फर्किने छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्