काठमाडौं । राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावलले नच्यातिने र चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । सोमबारको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आग्रह गरेकि हुन् ।
उनले ढिलै भएपनि निर्वाचन मिति घोषणा भएकोमा स्वागत गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले मतदान गर्ने व्यवस्था मिलाउन आयोगको ध्यानाकर्षण गराएकी छन् ।
सदस्य रावल राष्ट्रियसभा बैठकमा विशेष समय लिएर भनिन्; ‘विद्युतीय मतदान प्रणाली लागू गर्न, नच्यातिने र चपाउन नसकिने मतपत्र बनाउन तथा मतपेटिका साट्न नसकिने बनाउन र मतगणनास्थललाई तारवारले व्यवस्थित गर्न र विगतको कालो दिन दोहोरिन नदिन आयोगको दायित्व हो, आयोगको यसमा ध्यानाकर्षण गराउन चाहान्छु’ ।