काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाएर चुनावी अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रीय समिति बैठकले केन्द्रीय प्रतिनिधि खटाएर चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
सोमबार बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय नेता चुनावी अभियानमा खटाउनेबारे छलफल भएको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार ‘७७ जिल्लामै भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो । कांग्रेसले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्