काठमाडौं । देशकै प्रमुख शक्तिपिठका रुपमा रहेको पशुपतिनाथको मन्दिरमा फोटो भिडिओ खिच्न प्रतिबन्ध लगाइने भएको छ । मन्दिर जानेहरुमध्ये धेरैजसोको उद्देश्य फोटो खिच्ने, टिकटक बनाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति बढेपछि पशुपति क्षेत्र विकास कोषले फोटो र भिडियो खिच्न निषेध गरेको हो ।
सोमबार पशुपति क्षेत्र विकास कोषले एक पत्र जारी गर्दै अबदेखि पशुपति मन्दिर परिसरमा फोटो–भिडियो खिच्न प्रतिबन्ध गरिने जनाएको छ । विकास कोषका अनुसार दर्शनार्थी तथा तीर्थयात्रीहरूले अटेर गरी भिडियो वा फोटो खिचेको पाइएमा क्यामेराजन्य बस्तुहरु जफत गरिने उक्त पत्रमा भनिएको छ ।
हेर्नुहोस् कोषले जारी गरेको सूचनामा यस्तो उल्लेख गरिएको छ..
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्