काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका सवारी साधन तोडफोड भएको छ । सिस्डोल बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा रोकेर राखिएका १५ टिप्पर, २ वटा लोडर र एउटा स्काभेटर तोडफोड भएको हो ।
तोडफोड गर्नेहरुको पहिचान भने भएको छैन् । काठमाडौं महानगरपालिकाले घटनाबारे अनुसन्धान गरिदिन प्रहरीलाई अनुरोध गरेको छ । फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा पुन: समस्या देखिएको छ ।
स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय काठमाडौंको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन गर्ने थालिएको थियो । तर, पछिल्लो समय पुन: स्थानीयवासीले आफ्ना मागबारे बेवास्था गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्