हेटौँडामा एम्बुलेन्सको ठक्करबाट ५२ वर्षीया पैदलयात्री मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

हेटौँडा । हेटौँडामा एम्बुलेन्सको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्