नुवाकोट । नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थप भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचन पश्चात् नयाँका लागि गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।
आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन हुने मिति तोकेपछि मतदाता नामावली सङ्कलन कार्य रोकिएको थियो । असार १ गतेदेखि साउन २० गतेसम्म जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सातबिसे र निर्वाचन कार्यालयमा गरी चार हजार पाँच सय ३७ ले मतदाताको लागि फोटो खिचाएको निर्वाचन कार्यलय निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।
थप भएकासहित नुवाकोटमा कूल मतदाताको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ७१ पुगेको निर्वाचन अधिकारी गौतमले जानकारी दिए । -रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्