कैलाली । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
नदीमा पानीको सतह खतरा भन्दा धेरैमाथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह तीन दशमलव छ मिटर पुगेपछि खतरा मानिँदै आएकोमा आज बिहानसम्म बढेर तीन दशमलव १५ मिटर पुगेको जानकारी दिएका थिए ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि अविरल वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटियालगायत साना खोलामा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुनसक्ने भएकाले सतर्क रहन विभागले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्