एकीकृत समाजवादी बागलुङद्धारा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा एकीकृत समाजवादीले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरेको हो ।

यस्तै क्षेत्र नम्बर १ प्रदेश (क) बाट लालबहादुर थापा र भरत पुरीलाई सिफारिस गरिएकोे छ । गठबन्धन भएको खण्डमा सङ्घ र प्रदेश सांसदमा सिफारिस गरेकामध्येबाटै मिलाउने गरी क्षेत्र नम्बर १ प्रदेश (ख) बाट अन्यको नाम सिफारिस नगरिएको पार्टीका जिल्लास्तरीय प्रचार विभाग प्रमुख शालिकराम शर्माले जानकारी दिए । यस्तै बागलुङक्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका कालगि पूर्वसंसद् तथा पार्टीका केन्द्रीय सदस्य शान्ति अधिकारीको नाम सर्वसम्मत सिफरिस गरिएको छ ।

क्षेत्र नम्बर २ कै प्रदेशसभा (क) बाट सदस्यका लागि पार्टी केन्द्रीय परिषद् सदस्य कमल घिमिरे र क्षेत्र नम्बर २ प्रदेशसभा सदस्यका लागि (ख)  बाट जिल्ला सचिवालय सदस्य हरि घर्तीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख शर्माले बताएका छन् । यस्तै क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य लिला शेरचन र पार्टी जिल्ला कमिटी उपाध्यक्ष केशर छन्त्याललाई सिफारिस गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्