मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम । मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका  छन्  । मुख्यमन्त्री लालबाबु राउतलाई उनले  आज आफ्नो राजीनामा पत्र बुझाएका  हुन्  ।

निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए  । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका  झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ । 

मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उनी  कार्यरत रहँदै आएका थिए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्