नेकपा (माओवादी केन्द्र)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सूची पेस गरेको छ ।
माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, सचिव लीलामणि पोखरेल, कोषाध्यक्ष श्रीराम ढकाल र नेता मुक्ति प्रधान समानुपातिक सूची लिएर आयोग पुगेका हुन् । सङ्घ र प्रदेशतर्फको समानुपातिकको पूर्णसूची आयोगमा पेस गरिएको माओवादी नेता डोरप्रसाद उपाध्यायले जानकारी दिए । जसअनुसार माओवादीले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम पेस गरेको छ ।
यसअघि समानुपातिक सूचीमा रहेका सांसदलाई माओवादीले यसपटक दोहो¥याएको छैन । केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले अन्तरिम व्यवस्थापिकामा रहेकाबाहेक अन्य निर्वाचनमा समानुपातिकमा रहेको सांसदलाई आगामी निर्वाचनमा समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्