पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । अहिले उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ ।
अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो । छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोली उहाँको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।
पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधुप गर्नुभएका अध्यक्ष नेपाललाई अहिले आगन्तुकसँगको भेटघाट बन्द गरिएको छ । छातीको सङ्क्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्