उपसभामुखका उम्मेदवार यादवलाई मतदान गर्न कांग्रेसको ह्विप

congress
Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ । माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धि प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उक्त बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न आज ह्विप जारी गरेका हुन्  । साथै उनले इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदानसमेत गर्न ह्विप जारी गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्