सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपालको प्रसारण क्षमता विस्तार र कार्यक्रमको विविधीकरणबारे उच्च व्यवस्थापनसित छलफल गर्नुभएको छ । रेडियो नेपालले चालु आवमा रुकुमपश्चिम, बाजुरा, सिन्धुली र पाल्पाबाट रिले प्रसारण सुरु गर्दैछ भने विराटनगर महानगरपालिकासितको सहकार्यमा महानगर एफएम सञ्चालन गर्दैछ ।
दाङ हेमन्तपुरमा दुई करोडको लगानीमा स्टुडियोसहित प्रादेशिक प्रसारण भवन निर्माणले यसै वर्ष पूर्णता पाउनेछ । रेडियो नेपालले डिजिटल प्लेटफर्मको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ । सोही अवसरमा मन्त्री शर्माले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्नसमेत निर्देशन दिनुभयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्