प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
भेटमा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री दाहाल आज साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुगेका थिए । भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गरे । प्रधाानमन्त्री दाहाल यही साउनको पहिलो साता इटालीमा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयले आयोजना गरेको कार्यक्रम सहभागी भइ फर्किएका थिए ।
प्रेस सल्लाहकार पोखरेलले भने , “प्रधानमन्त्री दाहाल इटालीमा आयोजित विश्व खाद्य कार्यक्रमबाट फर्किनु भएयता राष्ट्रपतिसँग भेट भएको थिएन । आजको भेटमा राष्ट्रपतिले उक्त कार्यक्रमबारे जानकारी लिए ।”
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्