काठमाडौँ । मानव अधिकार दिवसमा राष्ट्रपति सहभागी भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेको अवसरमा (आज) आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सहभागी भएका हुन् ।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संसदीय समितिका सभापति, सांसदको उपस्थिति रहेको थियो । साथै, संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र नेपाल सरकारका विशिष्ट कर्मचारीकोसमेत उपस्थिति थियो ।
कार्यक्रममा ‘नेपालको मानवअधिकार यात्रा’ सम्बन्धी वृत्तचित्रको प्रदर्शनी गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्