सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्छ: नेता डा.सङ्ग्रौला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्ने बताएकी छिन् । बुटवलमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

सङ्ग्रौलाले भनिन्, ‘गठबन्धन जुन उद्देश्य र भावनाले अगाडि बढेको छ । त्यहीअनुरुप व्यवहारमा देखिनु पर्दछ । सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔँ, जनताका कुरा सुनौँ ।’ अभियानको सिलसिलामा जिल्ला अभियानमा रहेकी नेता डा.सङ्ग्रौलाले जनतामाझ भएका गुनासो सम्बोधन गर्न पार्टीले अभियान चलाएको जानकारी दिएकी छिन् ।

पार्टीलाई बलियो बनाउनका लागि अभियान प्रभावकारी रहने जनाउँदै पार्टी नेतृत्व एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्