काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिच एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा.मार्टिन स्लुजले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति पौडेलसँग प्रेसिडेन्ट डा.मार्टिन स्लुजले शिष्टाचार भेट गरेका हुन् ।
सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेका छन् ।
उनले फ्रेडरिच एबर्ट स्टिफटुङले काठमाडौँस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुसीसमेत व्यक्त गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्