काठमाडौँ । सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका-१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बाटोमै मृत्यु भएको हो ।
मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड-९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा मृत भेटिएका थिए ।
उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु लगिएको जनाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्