काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेश बमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेको बताएका छन् । अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको हो ।
संसदमा रहेका राजनीतिक दलसँग शुक्रबार आयोगमा भएको परामर्श बैठकमा प्रमुख आयुक्त थपलियाले उक्त सवालसमेतलाई सम्बोधन गरेका थिए । निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गत असार १८ गते नेपाल सरकार, गृह मन्त्रालयमा पेस गरिएकोमा हालसम्म सदनमा प्रस्तुत नभएको उनले बताएका छन् ।
उनले विभिन्न तहमा रिक्त पदमा हुने उपनिर्वाचनमा मताधिकार वृद्धि गर्न नामावलीमा दर्ता हुनुपर्नेमा जोड दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्