काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताएका छन् । अध्यागमन विभागद्वारा शुक्रबार आयोजित ‘ई-भिसा, कार्यालय स्वचालन र अनलाइन भुक्तानीको शुभारम्भ’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सरकार सुशासनसहितको सुधारका लागि प्रयासरत रहेको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले अध्यागमन विभाग र यससँग सम्बन्धित सबै कार्यालयमा स्वचालित प्रणाली आवश्यक भएको जनाएका छन् । उनले प्रविधि तथा सेवाग्राहीमैत्री अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउनु पनि सुशासनको अनिवार्य शर्त हो । त्यसैका आधारमा अहिले हामी काम अघि बढाइरहेका छौँ’, उनले भने, ‘अध्यागमनका सन्दर्भमा अहिले नै यो गुणात्मक फड्को हो । केही समयभित्र अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गर्छौं ।’
कार्यक्रममा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले अध्यागमन सुधारबारे जानकारी गराउँदै भविष्यमा ‘ग्लोबल पेमेन्ट’को तयारी गरिरहेको बताएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्