फिलिपिन्समा भूस्खलनको २ दिनपछि २ बालकको जीवित उद्धार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । फिलिपिन्समा भूस्खलनको दुई दिनपछि दुई बालकको जीवित उद्धार भएको छ । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तका धेरै गाउँहरूमा ठूलो भूस्खलन भएको दुई दिनपछि माटोबाट तीन वर्षीया बालिका र दुई महिने बालकलाई जीवितै उद्धार गरिएको फिलिपिन्स रेडक्रसले जनाएको हो ।

फिलिपिन्स रेडक्रशका अध्यक्ष डिक गोर्डनले एक सुचना जारी गर्दै उद्धार गरिएका बालबालिकालाई तुरुन्तै नजिकैको स्थानीय अस्पतालमा लगिएको जनाएका छन् । माको सहरस्थित एउटा खानी स्थल नजिकै मङ्गलबार राति गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । साथै, ३४ जना घाइते भएका छन् ।

प्रान्तीय सरकारले १ सय जना भन्दाबढी बेपत्ता रहेको र उनीहरू पहाडबाट खसेको माटो, चट्टान र रूख मुनि गाडिएको बताइएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्यहरु जारी रहेको स्रोतले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्