धरानमा प्रहरी र स्थानीयबासीबीच झडप !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धरानमा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेपछि इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयबासी र प्रहरीबीच झडप भएको हो ।

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । सोही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयबासी र प्रहरीबीच झडप भएको छ ।

यसैगरी माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाइमा शनिबार दिउँसो गेट भत्काइएको थियो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत गत भदौदेखि उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग राख्दै आएपनि पूरा भएको थिएन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्