एमाले केन्द्रीय कमिटी बैठक मंगलबारदेखि सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको ७औँ पूर्ण बैठक मंगलबारदेखि सुरु हुँदैछ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक सो पार्टीको केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बस्ने भएको हो ।

बैठकमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका कार्यसूची तथा समसामयिक प्रस्ताव रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।

त्यसैगरी बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणामा छलफल हुनेछ । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्