काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको ९औँ जिल्ला अधिवेशनको सोमबार पाटनमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको जानकारी दिएका छन् । उनले भने, ‘राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ । जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ । जनताको शिर झुक्ने गरी काम गरिने छैन । बैतडी र सिङ्गो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ ।’ त्यस्तै, देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको जनाएका छन् ।
उनले भने, ‘देश सङ्कटपूर्ण अवस्थामा छ । सरकारमा रहुञ्जेल यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ । जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँछौँ ।’ राजनितिक शक्ति सुन्तुलनका आधारमा देशमा परिवर्तन आएको भन्दै मन्त्री भण्डारीले पार्टी ‘मिसन-८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्