काठमाडौँ । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार कपडाको पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन् । गत असोज २४ गते ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए । जवान पचभैया दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्