काठमाडौँ । लेबनानको पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु र ५८ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपत्यकाका १२ क्षेत्र प्रभावित भएको उल्लेख गरेको छ । उद्धारको प्रयास जारी छ । मृतकको संख्या प्रारम्भिक रहेको बताइएको छ ।
बालबेकका गभर्नर बाचिर खोडरले लेबनान र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि नै यो क्षेत्रमा गरिएको सबैभन्दा हिंसात्मक आक्रमणको निन्दा गरेका छन् । गएको सेप्टेम्बर २३ देखि इजरायलले लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्