काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारमा हल्का वर्षा हुने अनुमान गरेको छ।
बुधबार तिहार विशेष बुलेटिन निकालेर १५ ,१६ ,१७ र १८ गतेका दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको हो।
उच्च पहाडी भेगका केही ठाउँमा सामान्य हिमपातको सम्भावना पनि छ । बाँकी ठाउँमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्