काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेकाले अब राष्ट्रपतिबाट उनीहरुको नियुक्ति भएपछि पदमा बहाल हुनेछन् । अहिले ६ जना न्यायाधीशको पद रिक्त रहेकोमा संसदीय सुनुवाइ समितिको अनुमोदनपछि सर्वोच्च अदालतमा दुई न्यायाधीशको पदपूर्ति हुने भएको छ । सर्वोच्च अदालतमा अझै चार न्यायाधीशको पदपूर्ति हुन बाँकी छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्