ऊर्जा मन्त्रालयले सोध्यो कुलमानलाई ६ बुँदे स्पष्टीकरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अर्को स्पष्टीकरण सोधेको छ । कात्तिक १३ गते एक साताभित्र बुझाउने गरी ऊर्जा सचिव सुरेश अधिकारीले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा पछिल्लो तीन महिनामा गरेको कामको विवरणसहितको ६ बुँदे स्पष्टीकरण मागिएको छ । बिदाबाहेक सातदिनभित्र उक्त स्पष्टीकरण घिसिङले मन्त्रालयलाई बुझाउनुपर्नेछ । आज उक्त स्पष्टीकरण बुझाउने अन्तिम दिन हो ।

घिसिङले भने दशै,तिहार र छठको विदाका कारण नभ्याएको भन्दै स्पष्टीकरण बुझाएका छैनन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्